- असार ०६, २०८०
सिन्धुली । सिन्धुली क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल विरुद्ध जिल्ला पार्टीले विद्रोह गरेको छ । जिल्ला पार्टीको निर्णय अनुसार केही समय अगाडि नेकपा नेता महेश्वर दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका जिल्ला नेताहरूको उपस्थितिमा महेश्वरले उम्मेदवारी दर्ता गराएका हुन् । नेताहरू हरीवोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन, बिनोद विकसहितका लोकप्रिय नेताहरू महेश्वरको साथमा थिए ।
जिल्ला उमेदवार सिफारिश कार्यदलको निर्णय विपरित पार्टी केन्द्रले लेखनाथ दाहाललाई जबर्जस्ती टिकट वितरण गरेपछि जिल्ला पार्टीले महेश्वरलाई आफ्नो आधिकारिक उम्मेदवार बनाएको हो । माओवादी जनयुद्धमा संलग्न रहेर जनपक्षीय पत्रकारिता गर्दै आएका दाहाल सिन्धुलीमा ईमानदार नेताका रूपमा चिनिएका छन्।
टिप्पणीहरू: