- मंसिर १०, २०८२
बरहथवा (सर्लाही)। नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दर्ता गराएका छन्।
उनको प्रस्तावकमा नेता सुरेन्द्र लामा र समर्थकमा विवेक मैनाली रहेको नेता श्रेष्ठका स्वकीय सचिव उपदेश यादवले जानकारी दिए।
यस क्षेत्रबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई झिनो मतान्तरले पराजित गरी नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका थिए।
यस पटक पनि यस क्षेत्रबाट नेकपा एमालेबाट पूर्वरक्षामन्त्री हरिप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्र साहको उम्मेदवारी परेको छ।
टिप्पणीहरू: