बिहिबार, ०५ चैत २०८२

भाेलि र पर्सी यी ठाउँमा हुरी चल्न सक्ने, सतर्क रहन आग्रह


फाइल तस्बिर

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन देशका विभिन्न ठाउँमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने विभागले जनाएको छ ।

विभागका अनुसार  शुक्रबार दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई आसपासका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ। यस्तै, शनिबार  पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा पनि तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ।

हावाहुरीको कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, साथै विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको भन्दै विभागले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ