- असार ०६, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले काठमाडौंमा आयोजना गरेका दुई दिने अभिमुखीकरण तालिममा पार्टीका वरिष्ट नेता बालेन शाह सहभागी नभएपछि थरी थरी टिप्पणी सुरु भएको छ । कोही भन्छन् ‘बालेन मन्त्रीमा सहभागी निर्माणमा व्यस्त छन् । कोही भन्छन् ‘पार्टीले छनौट गरेको होटल बालेनलाई चित्त बुझेको थिएन ।’
यी सब एक खालका अनुमान हुन् । बालेन तालिममा किन सहभागी भएनन् ? अहिलेसम्म रास्वपाका कुनै पनि नेताहरुबाट आधिकारिक धारणा सार्वजनिक भएको छैन । बालेन साँच्चै टिम निर्माणमा व्यस्त भएका हुन् या तालिमलाई ‘इग्नोर’ ।
रास्वपा भावी प्रधानमन्त्री बालेन शाह भन्दै चुनावमा होमिएको थियो । लगभग दुईतिहाई सिट जितेर संसदको सबै भन्दा ठूलो दल बनेको छ । यो अवस्थामा अब रास्वपालाई सरकारको नेतृत्व गर्नबाट कुनै पनि शक्तिले रोक्न सक्ने छैन । जहाँसम्म बालेनको प्रधानमन्त्रीको सवाल छ । एउटा मात्रै खुट्किलो बाँकी छ, पार्टीको संसदीय दलको नेता बन्ने ।
पार्टी सभापति रवि लामिछानेले पार्टीको विधान संसोधन गरेर भए पनि बालेनलाई संसदीय दलको नेता बनाउने अभिव्यक्ति सार्वजनिक भैसकेकाले ति विषयमा पनि थप अनुमान गर्नुको अर्थ हुँदैन । तर, अभिमुखीकरण कार्यक्रममा सहभागी नहुँदा भने धेरै प्रश्नहरु उब्जिएका छन् । रवि बालेनको सम्बन्धबारे मात्रै होइन् स्वयं वालेनकै आनीवानीका विषयमा समेत प्रश्न उठेका छन् ।
काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि अनिर्वाचितहरुको एउटा टोली बनाएर हिँडेका बालेनले फेरि त्यहि शैली अपनाउछन् वा आचरणमा परिवर्तन गर्छन् चासोको विषय बनेको छ ।
टिप्पणीहरू: