- असार ०७, २०८०
काठमाडौं। सुन्दर सुदूरपश्चिमको अछाममा जन्मिएका तिलक बटाला एक सामाजिक अभियन्ताको रुपमा परिचित छन्।
केही वर्ष भयो उनी निस्वार्थ भावमा समाज सेवामा समर्पित भएको। विभिन्न संघसंस्थाको सहयातले हजारौँ पीडितहरुको पीडामा मलम-पट्टी लगाउँदै हिँडेका उनी अहिले ऐना फाउन्डेशन स्थापना गरी संस्थापक अध्यक्षका रुपमा कार्यरत छन्।
पछिल्लो केही समययता विपन्न समुदायका नागरिकका लागि विभिन्न तालिम, वकालत गर्दै उल्लेखनीय वास्तविक जीवनमा आधारित छन्।
ऐना फाउन्डेसनको संस्थापक भएर काम गरिरहेका तिलकले आफ्नो जीवन सामाजिक कल्याणका गतिविधिहरूमा समर्पित गरेका छन्।
उनले देशको कुना कन्धरामा पुगेर बालबालिका तथा किशोरकिशोरीहरुका समस्या र सपनामा मलम लगाइररहेका छन्।
ऐना फाउन्डेशनमार्फत थुप्रै कार्य सफलतापूर्वक सम्पन्न गरेका तिलकले राज्यबाटै अपहेलियत भएका तथा अछामबाट संघीय राजधानी काठमाडौँसम्म भविष्यको यात्रामा विभिन्न चुनौतीहरु सामना गर्दै आइरहेका छन्। तर उनी आफ्नो यात्राको प्रतिबिम्ब जोश, लगनशीलता र परोपकारलाई एक प्रेरणादायीक ज्योतिको रूपमा उभिएका छन्।
बटालाले नेपालमा सामाजिक कार्यकर्ताको अभ्यासलाई परिवर्तन निर्माताको रूपमा विपन्न समुदायका नागरिकहरुका लागि प्रेरणा दिइरहेका छन्।
उनले दिएको सामाजिक योगदान, नेतृत्व र भूमिगत राजनीतिको दृष्टिकोणले धेरै जस्ता युवाहरुलाई प्रेरणा मिलिरहेको छ। सामाजिक क्षेत्रमा प्रवल रुचि राख्दै समाजको ऐनालाई प्रष्ट देखाउने संकल्प गरेका तिलकले आफ्नो जीवनकालभरि समाज परिवर्तनको यात्रामा लागिपर्ने प्रण गरेका छन्।
उनी भन्छन्, ‘मान्छेमा अनुभव कि पढेर सिकिन्छ, कि परेर सिकिन्छ। आज म जुन ठाउँमा छु, त्यो ठाउँमा म परेर आएको हुँ।’ मेहनत नै सफलता हो भन्ने बटाला सफलता पाउन मन्दिर जानु नपर्ने धारणा राख्छन्। ‘मान्छेको मन नै मन्दिर हो। मानिस जबसम्म समस्यामा पर्दैन, तबसम्म उसले आफूलाई परिपक्व भएको महसुस गर्दैन’, उनले भने।
विगतको दिनमा पाइलापाइलामा दुःख खेपे पनि आज युवा सामाजिक अभियन्ताको रुपमा थोरै भए पनि माया पाएका छन्। उनले दिएको सामाजिक कार्यको योग्दान तारिफयोग्य छ।
टिप्पणीहरू: