- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको दोहोर्याउदै संविधानको भावनामा कुठराघात भएको बताएका छन् ।
उपसभापति पूर्णबहादुर खड्काले आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेस प्रतिनिधिसभा विघटन विरुद्ध रहेको बताएका हुन् ।
प्रतिनिधिसभा विघटनले संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको उनकाे भनाई छ ।
‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक छ,’ खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको छ ।’
टिप्पणीहरू: