- भदौ ०२, २०८१
काठमाडौं । हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले आफु पनि कुनै बेला पत्रकार रहेको बताएका छन् । कलाकारिता सुरु गर्नु अघि नै एक साप्ताहिकमा समाचार लेखेको सुनाउदै पछि एफएममा काम गरेको जानकारी दिए । ‘त्यस्तो काम पत्रकारिता रहेछ मैले पछि मात्रै थाहा पाएँ ।’ उनले भने ।
चलचित्र पत्रकार संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘चलचित्र पत्रकार इतिहासदेखि वर्तमानसम्म’ जर्नल सार्वजनिक कार्यक्रममा सहभागी घिमिरेले पत्रकार र चलचित्रकर्मी दुबैले आचरणमा सुधार गर्नुपर्ने जानकारी दिए ।
चलचित्र पत्रकारितामा चलचित्र पत्रकारको खोजी शीर्षकको अन्तरसंवादमा चलचित्रकर्मी र चलचित्रकर्मीका आचरणका विषयमा कुरा उठेका थिए । दुबै पक्षले आचरण सुधार गर्नुपर्ने भनाई थियो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पत्रकारहरुले समाचार सम्प्रेषण गर्दा न्युनतम धर्म निर्वाह गर्न आग्रह गरे ।
कुनै एक कार्यक्रममा सहभागी पत्रकारले कार्यक्रममा उपस्थित कलाकार विषय विहिन प्रश्नहरु सोधेर हैरानी दिएको उदहारण पेश गर्दै उनले भने ‘कलाकारलाई प्रसस्त प्रश्नहरु गर्नुहोस् तर, अन्तिममा कुनै कार्यक्रममा सहभागी भएको हो त्यति त खुलाइदिनुस् ।’ उनले भने । कार्यक्रममा संघले सार्वजनिक गरेको जर्नल सार्वजनिक गरिएको थियो । उक्त जर्नलमा विभिन्न २१ लेखकको लेख रहेको छ ।
टिप्पणीहरू: