बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



रास्वपाकाे राजनीतिक प्रतिवेदन- आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने (पूर्णपाठ)
बिहिबार, २१ जेठ २०८३

रास्वपाकाे राजनीतिक प्रतिवेदन- आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने (पूर्णपाठ)


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी चुनावमा अन्य राजनीतिक दल र संगठनहरूसँग गठबन्धन गर्न सकिने प्रस्ताव राखेकाे छ।

चितवनको सौराहामा शुक्रबार सुरु भएकाे रास्वपाको विस्तारित बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा चुनावी गठबन्धन गर्न सकिने उल्लेख छ।

‘नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीहरूसँग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिनेछ भन्ने कुरा खुला राखिएको छ । तर, गठबन्धनका नाममा रास्वपाको पहिचानमा छायाँ पर्न दिइने छैन,’ प्रतिवेदनमा भनिएकाे छ।

रास्वपाले गठबन्धन गर्दा पार्टीको मौलिक पहिचान गुम्ने खतरा पनि औँल्याएको छ।

‘चुनावमा गठबन्धन गर्ने कि एक्लै लड्ने भन्नेबारे स्पष्ट रणनीति बनाउनुपर्छ। यसका फाइदा र बेफाइदाहरूको गहिरो विश्लेषण आवश्यक हुन्छ’, प्रतिवेदनमा उल्लेख गरिएकाे छ, ‘कहिलेकाहीँ गठबन्धनले पार्टीको मौलिक पहिचान गुम्ने खतरा पनि रहन्छ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ