शुक्रबार, २१ कात्तिक २०८२

अदालतले गरेन भने राष्ट्रपतिले संसद पुनर्स्थापना गर्नुपर्छ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले संसद् पुनर्स्थापना नगरे राष्ट्रपतिले गर्नुपर्ने बताएका छन्। शुक्रबार पार्टीको शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले प्रतिनिधिसभाको मागलाई जाेड ताेडले उठाउनु पर्ने बनाए । 

“प्रतिनिधिसभाको मागलाई तीव्र बनाउनुपर्छ । जसले पुनर्स्थापना गर्छ, त्यसले गर्छ । कि त अदालतले गर्छ, होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्छ,” ओलीले भने । 

उनले राष्ट्रपतिले विघटन गर्न सक्ने पुनर्गठन गर्न नसक्ने भन्दै प्रश्न गरे । 

“असंवैधानिक ढंगले विघटन गर्न सक्ने पुनर्स्थपना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? गर्नुपर्‍यो नि !,” उनले भने ,“विघटन गर्ने राष्ट्रपतिले पुनर्गठन गर्नुपर्‍यो ।”

साथै उनले वर्तमान मन्त्रीहरुप्रति कटाक्ष गरे । वडा अध्यक्ष हुन्छु भन्ने सपना पनि नदेखका मान्छे मन्त्री भएको भन्दै कमिट्मेन्ट नै नभएको, जनताप्रति उरदायित्व नभएको, जनतालाई कुनै जवाफ दिनुनपर्ने, जनताको बीचबाट नआएको भूइँफुट्टा, बतासे सरकार,भएकाे टिप्पणी गरे ।

सरकारले देशका लागि काम नगरेको भन्दै देशमा झनै भ्रष्टाचार मौलाएको दाबी गरे ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ