बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



अदालतले गरेन भने राष्ट्रपतिले संसद पुनर्स्थापना गर्नुपर्छ : ओली
बिहिबार, २१ जेठ २०८३

अदालतले गरेन भने राष्ट्रपतिले संसद पुनर्स्थापना गर्नुपर्छ : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले संसद् पुनर्स्थापना नगरे राष्ट्रपतिले गर्नुपर्ने बताएका छन्। शुक्रबार पार्टीको शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले प्रतिनिधिसभाको मागलाई जाेड ताेडले उठाउनु पर्ने बनाए । 

“प्रतिनिधिसभाको मागलाई तीव्र बनाउनुपर्छ । जसले पुनर्स्थापना गर्छ, त्यसले गर्छ । कि त अदालतले गर्छ, होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्छ,” ओलीले भने । 

उनले राष्ट्रपतिले विघटन गर्न सक्ने पुनर्गठन गर्न नसक्ने भन्दै प्रश्न गरे । 

“असंवैधानिक ढंगले विघटन गर्न सक्ने पुनर्स्थपना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? गर्नुपर्‍यो नि !,” उनले भने ,“विघटन गर्ने राष्ट्रपतिले पुनर्गठन गर्नुपर्‍यो ।”

साथै उनले वर्तमान मन्त्रीहरुप्रति कटाक्ष गरे । वडा अध्यक्ष हुन्छु भन्ने सपना पनि नदेखका मान्छे मन्त्री भएको भन्दै कमिट्मेन्ट नै नभएको, जनताप्रति उरदायित्व नभएको, जनतालाई कुनै जवाफ दिनुनपर्ने, जनताको बीचबाट नआएको भूइँफुट्टा, बतासे सरकार,भएकाे टिप्पणी गरे ।

सरकारले देशका लागि काम नगरेको भन्दै देशमा झनै भ्रष्टाचार मौलाएको दाबी गरे ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ