शुक्रबार, २० कात्तिक २०८३

कार्यकर्तालाई निष्ठाकाे राजनीति गर्न रवि लामिछानेकाे सुझाव


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाका कार्यकर्ताहरूलाई निष्ठाको राजनीति गर्न सुझाएका छन् । कांग्रेस र कम्युनिष्टकाे उदहारण दिँदै उनले कार्यकर्तालाई भुई नछाेड्न आग्रह गरे ।

सभापति लामिछानेले शुक्रबार चितवनमा भएको कार्यक्रमबाट पार्टी कार्यकर्ताहरूलाई एउटा चुनावको नतिजा मात्र नहेर्न र निष्ठाको राजनीति गर्न आह्वान गरेका हुन्।

रास्वपामा वडा सदस्य, वडाध्यक्षका लागि उम्मेदवार हुने आकांक्षी कम रहेको भन्दै सिधै मेयर तथा प्रदेश सांसदका आकांक्षी देखिएकोतर्फ लक्ष्य गर्दै सभापति लामिछानेले 'वडाध्यक्ष हुन म नै सांसदबाट राजीनामा दिएर आउनुपर्लाजस्तो छ' भन्दै ब्याङ्ग्य गरे ।

‘वडाध्यक्षमा निवेदन हालेको मैले देखिनँ, एकैचोटि मेयर, कहाँ वडाध्यक्ष हुने ? एकैचोटि माननीय, वडा कसले हेर्छ? देश नै बनाउने हो वडा के बनाउने होइन त? यसले के देखाउँछ भने हामी अवसरको राजनीतितर्फ गइरहेका छौं, देखाउन त हामी देखाउँदैनौं तर छर्लङ्गै देखियो,’ सभापति लामिछानेले भने।

सभापतिले ठूलो त्याग गर्ने गरेको भनेर कुरा गर्ने र उदाहरण दिने गरे पनि कुनै पद छाड्न भन्दा कार्यकर्ताहरूबीच झगडा हुने गरेको पनि उनले बताए।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ