सोमबार, ०९ भदौ २०८२

सुटकेसभित्र शव भेटिएकी रुवी साहकाे श्रीमान प्रहरीको सम्पर्कमा


रौतहट । सुटकेसभित्र मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । उनको श्रीमान प्रहरी सम्पर्कमा आइपुगेका छन् ।

रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको शव  २६ वर्षीय रुवी शाह सुडीको रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार मुठवलबा गेट नजिकै मृत महिलाको शव परेको थियो । 

माधवनारायण नगरपालिका–६ माइती भएकी रुवीले भारतमा विवाह गरेकी थिइन् । चार वर्षीय छोरा पढाउन उनी गौर नगरपालिका–२ स्थित महादेवपट्टिमा माइती नजिकै डेरामा बस्दै आएकी थिइन् । 

सुटकेशमा कुईनो र घुँडा जोडेर प्याक गरेको अवस्थामा शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिहरेको छ ।

नाकबाट रगत बगेको तर, उनको शरीरमा कुनै चोट नदेखिएको डीएसपी कार्कीले जानकारी दिए । अहिले मृतकका परिवार प्रहरीको सम्पर्कमा आएका छन् । उनका श्रीमान् पनि भारतबाट नेपाल आएको डीएसपी कार्कीले जानकारी दिए ।


 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ