सोमबार, ०९ भदौ २०८२

अमेरिकी धुनमा गुञ्जिए नेपाली कवी


बफेलो, अमेरिका। पत्रकार नारायण श्रेष्ठले माईक टेस्ट गर्दा दर्शकपंक्तिले ठान्यो, यिनी कार्यक्रम संचालक रहेछन् । नवोदित कवि नदीश त अझै खुशी भए परिचित सञ्चारकर्मीले आफूलाई मञ्चमा आमन्त्रित गर्ने भए ।

तर त्यहाँ श्रेष्ठ कवि अवतारमा प्रस्तुत हुन अमेरिकी संगीत संयोजकको ईशारामा अभ्यास गर्दै थिए । दुई दशक अघि नै कविको छवी बनाएका उनले लामो अन्तरालमा कविता वाचन गरेका हुन् ।

अमेरिकाको न्यूयोर्कस्थित बफेलो सहरमा शनिबार साँझ आयोजित कार्यक्रममा श्रेष्ठले पाँच वटा सशक्त कविता सुनाएर संगीतमय साँझ बनाए ।
जीसिआर स्टुडियोमा नारायणसँगै नदीशले पनि आफ्ना पाँचवटा कविता वाचन गरे ।

नारायणले नेपालमा पत्रकारिता गर्दाताका कोरेका तात्कालिन राजनीतिक अवस्था सम्बन्धी चार कविता वाचन गरे । उनको पाँचौं कविताले कोरोना महामारीको त्रासद्धपूर्ण चित्रण उतारेको थियो ।

यस्तै कवि नदीशले प्रकृति र अमेरिकन जीवन दर्शाउने कविता वाचन गरे ।

दुवै कविका कवितामा डा.जेन मेरिटले संगीत संयोजन गरेका हुन् । संगीतमा मेरिटसँगै एन्ड्रयू, जेसिका र प्रज्वल लामाले संगीतमा साथ दिए ।
लामाले पियानो, जेसिकाले भायोलिन, एन्ड्रयूले चेलो र जेन आफैंले गितार बजाएर संगीतमय साँझ बनाए ।

आयोजक कोकोमेन्दो अन्सेम्बलका लामिन तामागंले संगीत र कविता एकसाथ प्रस्तुत हुने यस्तो कार्यक्रम विरलै हुने हुनाले आफुले यसमो चासो लिएको बताए ।
उनले दुई वर्षदेखिको यो सपना आज पुरा भएको सुनाए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ