बुधबार, २१ साउन २०८२

विश्वप्रकाश भन्छन्- भिजिट भिसा प्रकरणमा संलग्नलाई कारबाही हुनुपर्छ


काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणमा संलग्नलाई कारबाही गर्नुपर्ने पक्षमा आफूहरू पनि रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अख्तियार र छानबिन समितिले काम गरिरहेको भन्दै रास्वपाले प्रक्रियाभन्दा बाहिर गएर विरोध गरेकाे टिप्पणी गरे।

पछिल्ला ५ गृहमन्त्रीको तथ्याङ्क हेर्दा रवि लामिछाने गृहमन्त्री हुँदा नै प्रतिशतमा हेर्दा सबै भन्दा धेरै मान्छे भिजिट भिसामा गएको देखिएको शर्माले बताए।

उनले आवेग, अराजक शैली र अडानबाट मुक्त हुन आग्रह गरे।

अख्तियारले छानबिनका लागि केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएकाे भन्दै नेता शर्माले छानबिन हुँदै गरेकाे विषयलाई अतिरञ्जित गर्न नहुने बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ