बुधबार, २१ साउन २०८२

भिजिट भिसा प्रकरण: रवि लामिछाने पहिलो, रमेश लेखक दोस्रो


काठमाडौं। त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलबाट भिजिट भिसामा लामो समयदेखि मान्छे बाहिर पठाउने गरिएको सत्ता साझेदार दल नेपाली कांग्रेसले स्वीकार गरेको छ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बुधबार संसदमा बोल्दै पाँच जना गृहमन्त्रीका कार्यकालको तुलना गर्दै प्रतिशतको आधारमा भिजिट भिसामा मान्छे पठाउने गृहमन्त्रीहरुको श्रेणी विभाजन गरे।

पुरानो तथ्याङ्क पेस गर्दै उनले पाँच जना गृहमन्त्रीको पालामा भिजिट भिसामा जानेहरुको सूची प्रस्तुत गरे। गृहमन्त्रीमा कामय रहेको सुरुको १५० दिन अवधिमा भिजिट भिसामा मान्छे पठाउनेमा पूर्वगृहमन्त्री रवि लामिछाने एक नम्बरमा परे।

१५६ दिन गृहमन्त्री भएका लामिछानेका पालामा सुरुको १५० दिनमा १ लाख १६ हजार २०५ जना बाहिरिएको तथ्य प्रस्तुत गर्दै शर्माले भने ‘दैनिक ७५४ जना हुँदा रहेछन्।’

बहालवाला गृहमन्त्री रमेश लेखेक भिजिट भिसा प्रकरणमा रविभन्दा थोरै कमजोर देखिए। उनको पालामा सुरुवातको १५० दिनमा १ लाख १२ हजार ९६५ बाहिरिएको तथ्य छ। यो अनुपातमा दैनिक ७५३ जना जति पर्ने रहेछन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत जोडिएका कांग्रेसकै अर्का नेता वालकृष्ण खाँणको पालामा सुरुको १५० दिनमा ६९ हजार १२० जना बाहिरिएका थिए। दिनमा औसत ४६० जना हाराहारी पर्न आउँछ।

भिजिट भिसा प्रकणमा बालकृष्णभन्दा माओवादी नेता नारायणकाजी श्रेष्ठ अब्बल देखिए। उनको पालामा ९४ हजार ९८० बाहिरिएका थिए। दैनिक ६३३ जना थिए। पाँचमध्ये सबैभन्दा थोरै रामबहादुर थापा बादलको पालामा २ हजार ६२५ बाहिरिएका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ