- असार ०६, २०८०
काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई असाेज १६ मा हुने महाधिवेशन उद्घाटनमा सहभागी हुन आग्रह गरेका छन् ।
सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बिहीबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सपभाति थापाले देउवालाई पूर्वसभापतिका रुपमा महाधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका हुन्। ‘मेरो आदरणीय नेता पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ। अधिवेशनको दिनमा पार्टी पूर्वसभापतिले अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति सम्मानको विषय हुन्छ,’ थापाले भने।
उनले अब सभापति बन्ने बाटोमा नलाग्न देउवालाई आग्रह गर्दै कांग्रेसले विधानले पनि त्यो बाटो बन्द गरेको बताए ।
असोज १६ गते खुलामञ्चमा महाधिवेशन उद्घाटन गरिने जानकारी दिँदै त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन हुने उनले बताए।
टिप्पणीहरू: