बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



स्रोत नखुलेको १० लाख बढी नगदसहित काठमाडौँबाट २ जना पक्राउ
शनिबार, २३ जेठ २०८३

स्रोत नखुलेको १० लाख बढी नगदसहित काठमाडौँबाट २ जना पक्राउ


सांकेतिक तस्बिर

काठमाडौँ। काठमाडौँ महानगरपालिका-१ जय नेपाल हल नजिकबाट स्रोत नखुलेको रु १० लाख ६३ हजार ८४० सहित २ जना पक्राउ परेका छन्।

काठमाडौँ कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दिपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बाप्र ०२-५२ प ६९९४ नम्बरको स्कुटरमा सवार निजहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ