बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



शेयर बजार २८२४ अंकमा, काराेबार १४ अर्ब
शनिबार, २३ जेठ २०८३

शेयर बजार २८२४ अंकमा, काराेबार १४ अर्ब


काठमाडाैं ।  सेयरबजार आइतबार ४.४५ अंकले बढेको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक उक्त अंकले बढेर २८२४.९० विन्दुमा पुगेको हो। 

आज  १४ अर्ब ३२ करोडको काराेबार भएको नेप्सेले जनाएको छ। साताको पहिलो दिन ग्रिनलाइफ हाइड्रोपावरकाे ८१ करोडको सर्वाधिक कारोबार भएको हो। यसबाहेक रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रो, राधी विद्युत्को क्रमशः ६७ करोड, ६२ करोड, ५५ करोड र ४५ करोडको खरिदबिक्री भएको छ। 

३ करोड ९५ लाख कित्ता सेयर किनबेचपछि कारोबार रकम १४ अर्ब नाघेको नेप्सेले जनाएको छ। 

यो कारोबारमा १२४ वटा सेयरको मूल्य बढेको छ भने १३० वटा सेयरका धनीहरुले भने गुमाएका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ