- असार ०७, २०८०
काठमाडौं। पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालिएको घटना सार्वजनिक भएकाे छ।
शुक्रबार आर्यघाटमा जलाउँदै गरेको काभ्रेको बनेपा नगरपालिका-९ का राम शाहीकाे शवबाट मासु र हड्डी निकालेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति पशुपति घाटमा काम गर्ने ‘घाटे बाहुन’ र अर्का दाउरा उठाउने व्यक्ति रहेकाे प्रहरीले जनाएकाे छ।
मृतकका आफन्तले जाहेरी दिएपछि प्रहरी वृत्त गौशालाले उनीहरूलाई पक्राउ गरिएकाे हाे।
शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु र हड्डी निकालेर अन्य व्यक्तिलाई बिक्री गरेकाे भन्दै मलामीले प्रहरीलाई खबर गरेका थिए।
उनीलाई गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।
टिप्पणीहरू: