शुक्रबार, ०२ असोज २०८३

सरकारले गर्याे १३ देशका लागि राजदुत सिफारिस


काठमाडाैं । सरकारले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गरेको छ। 

शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिश गरेको गरेको हो। मन्त्रिपरिषद् बैठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए।

अब सरकारले राजदूतको लागि सिफारिश गरिएका प्रस्तावित राजदूतको रुपमा संसदीय सुनुवाइको लागि पठाइनेछ। संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउनेछ।

अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्नेछन्।

प्रस्तावित राजदूतहरू:

१) डा. निश्चलनाथ पाण्डे: भारत

२) डा. कल्याणराज शर्मा: चीन

३) चिरनजंग थापा: अमेरिका

४) पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा: बेलायत

५) जिग्यानकुमार थापा: जापान

६) सुरेशकुमार कर्ण: इजरायल

७) प्राप्ति शेरचन: स्पेन

८) शरू जोशी: जर्मनी

९) डा. पद्माक्षी राणा: ओमान

१०) चूडामणि खरेल: मलेसिया

११) प्रा.डा. सङ्गम श्रेष्ठ: दक्षिण कोरिया

१२) डा. मञ्चला झा: श्रीलंका

१३) गिरीबहादुर सुनार: साउदी अरब

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ