बिहिबार, ०८ माघ २०८२

निर्वाचन बिथोल्न खाेज्नेलाई कानुनी दायरामा ल्याइने


काठमाडौँ। निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ।

कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा ल्याउनेलगायत विषयमा छलफल भएको थियो।

साथै निर्वाचनलाई भयरहित वातावरणमा पारदर्शी एवं शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूसँग समन्वय एवं सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बनमा छलफल केन्द्रित थियो।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचनआयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव कृष्णबहादुर राउत, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका साथै निर्वाचन आयोगका पदाधिकारीहरूको उपस्थिति थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ