शुक्रबार, ३१ असोज २०८२

ठाकुर गैरेले भने- ओलीले नेतृत्व हस्तान्तरण गर्नु पर्छ


काठमाडाैं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने केन्द्रिय सदस्य थपिएका छन् ।

बैठकको तेस्रो दिन शुक्रबार एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले  ओलीले अब अध्यक्ष पद छाड्नुपर्ने बताएका हुन्। 

अध्यक्ष ओलीले प्रस्तुत गरेको विशेष राजनीतिक प्रतिवेदनमा धारणा राख्दै उनले  कम्युनिस्ट आन्दोलन कति बलियो हुन्छ, परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकाल्नु पर्ने धारणा राखे । 

पार्टीले संविधान संशोधनको कुरा गरे पनि ठोस निर्णय नभएकाे धारणा राखे । वाम एकता गरेर निर्माण गरेको सरकार पनि ढलेकाे भन्दै उनले  पार्टी रूपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रूपमा नबुझ्न आग्रह गरे। 'म यो बैठकलाई नेतृत्व हस्तान्तरण गरेर जाऔँ भन्ने अनुरोध गर्दछु।’ उनले भने ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ