- असार ०६, २०८०
काठमाडौँ। सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
आज सुन प्रतितोला रू दुई लाख ५८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, चाँदी प्रतितोला रू तीन हजार ३५० मा किनबेच हुनेछ। बिहीबार सुन प्रतितोला रू दुई लाख ५० हजार ९०० र चाँदी प्रतितोला रू तीन हजार २७५ मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँस चार हजार ३६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
टिप्पणीहरू: