बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



चलचित्र तेलभिसाका निर्माता पक्राउ
शनिबार, २३ जेठ २०८३

चलचित्र तेलभिसाका निर्माता पक्राउ


काठमाडौं । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चलचित्र तेल भिसाका निर्माता शिवराज कार्की पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो । 

पासाङ नोर्बु तामाङ समेतका व्यक्तिले उनीविरुद्ध जाहेरी दिएका थिए । पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

उनीविरुद्ध वैदेशिक ठगीमा ६ वटा पक्राउ पुर्जी जारी भएको पाइएको छ । उनले चाबहिलमा पी एण्ड एम इनोभेशन सर्भिस नामको कन्सलटेन्सी विगत १० वर्षदेखि सञ्चालन गर्दै आएका थिए ।

उनले २५० जनालाई ठगी गरको आरोप छ । १०० जना भन्दा बढी पीडित भने प्रहरीको सम्पर्कमा पुगिसकेका छन् ।

यसअघि उनीविरुद्ध २५ असार २०८२ मा प्रहरी वृत्त लैनचौरबाट बैंकिङ कसुरको मुद्दा समेत चलेको थियो ।

पछिल्लो तीन महिनादेखि भारतको नयाँ दिल्लीमा बस्दै आएका उनीबाट भारतीय आधार कार्ड र प्यान कार्ड समेत बरामद भएको छ । उनी भारतमा अन्नपूर्ण फास्टफुड सञ्चालन गरेर बस्दै आएका थिए ।

साेही चलचित्रका निर्देशक शंकर घिमिरेविरुद्ध पनि वैदेशिक राेजगारीमा पठाउने भन्दै केही व्यक्तिसँग रकम उठाएकाे गुनासाे गरेका छन् । अमेरिकामा बस्दै आएका घिमिरेले अमेरिकाबाटै चलचत्रि तेलभिसा बनाएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ