बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



सिन्धुलीकी टंकमाया तीन दिनदेखि बेपत्ता
शुक्रबार, २२ जेठ २०८३

सिन्धुलीकी टंकमाया तीन दिनदेखि बेपत्ता


सिन्धुली । सिन्धुलीकाे तीनपाटन गाउँपालिका वडा नं. ३ राम्चेकी ५३ वर्षीया टंकमाया बुढाथोकी तीनदिनदेखि वेपत्ता भएकी छिन् । 

उनको खोजी गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीको नेतृत्वको टोली र बागमती प्रदेश प्रहरी कार्यालयको तालिम प्राप्त कुकुर सहितको टोली खटिएको छ । उनी मंगलबारदेखि आफ्नै घरबाट हराईरहेको आशंका गरिएको छ ।

उनी घरमा नभेटिएपछि स्थानीय र आफन्तले प्रहरीलाई खबर गरेका थिए ।  विहिबार विहान प्रहरी टोली टंकमायाको घरमा पुगेको थियो ।

प्रहरीले उनको घरमा खोजतलासी गर्दा सुत्ने वेडमा दिशा पिसाव र हल्का रगत जस्तो समेत देखिएको जनाईएको छ । घटना शंकास्पद देखेपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।  तालिम प्राप्त कुकुर सहितको बागमती प्रदेश प्रहरीको अनुसन्धान टोली अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिए ।

स्थानीयका अनुसार टंकमायाका श्रीमानको मृत्यु भईसकेको छ । उनका दुई छोरा वैदेशिक रोजगारीमा छन् । ४ छोरीमध्ये ३  छोरीको विवाह भईसकेको छ । कान्छी छोरी बेलघारीमा अध्ययनको शिलशिलामा डेरा गरि बस्दै आएकी छिन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ