बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



बालेन रास्वपाको प्रधानमन्त्रीका उम्मेदवार !
शुक्रबार, २२ जेठ २०८३

बालेन रास्वपाको प्रधानमन्त्रीका उम्मेदवार !


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको वार्ता निष्कर्ष उन्मुख छ ।

रास्वपाले बालेनलाई पार्टीमा दोस्रो वरियता दिने भएको छ भने प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति भएको छ ।

विहीबारको वार्ता सरकारात्मक भएपछि दुबै पक्षका नेताहरु सहमतिको खाका बनाउन सक्रिय भएका छन् ।

विहीबार ललितपुर भेटघाटले सकारात्मक लय समातेको दुबै पक्षको नेताहरुको भनाई छ । ‘हिजोको वार्ता सकारात्मक भयो । अब अगाडी कसरी बढ्ने छलफल गर्दै छौं ।’ रास्वपा निकट स्रोतको भनाई छ ।

आज दिनभर आन्तरिक गृहकार्य गरेर भोली फेरि थप छलफल गर्ने योजना बनेको बालेन निकटको भनाई रहेको छ । 

बालेनले बिहीबार प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारको घरमा उर्जामन्त्री कुलमान घिसिङ, रवि लामिछाने, सुनील शर्मा, डा. बाबुराम भट्टराई, खगेन्द्र सुनार, अमरेशकुमार सिंह, सागर ढकाल, जेनजी रक्षा बम, सुधन गुरुङ, पुरुषोत्तम यादवलगायतसँग भेटघाट गरेका थिए । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ