- असार ०७, २०८०
काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीको 'ग्यास गन' लुट्ने एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काभ्रेको महाभार गाउँपालिका–१ का २२ वर्षीय राजन तामाङ भनिने वाङ्सु लामालाई पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार, गोकर्णेश्वरस्थित उनको डेराबाट 'ग्यास गन'सहित तीनवटा गोली बरामद गरिएको हो ।
तामाङलाई ज्यान मार्ने उद्योगमा गएको साउनमा मात्रै पुर्पक्षका लागि सुन्धारा कारागारमा राखिएको थियो । उनी जेनजी आन्दोलनमा जेल तोडेर भागेका थिए ।
टिप्पणीहरू: