सोमबार, २३ भदौ २०८२

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय स्थगन गर्न सर्वोच्च बारको माग


काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले सामाजिक सञ्जालमाथि प्रतिबन्धसम्बन्धी निर्णय तत्काल स्थगन गर्न सरकारसँग माग गरेको छ ।
 
सर्वोच्च बारका सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जाल आमनागरिकको अभिव्यक्ति र सम्पर्कको माध्यम भएकाले उक्त निर्णय तत्काल स्थगन गर्न माग गरेका हुन् । यस्तै, प्रदर्शनका  क्रममा घाइते भएका सबैको  निःशुल्क उपचार  गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।
 
“विकृति, विसङ्गति, अनियमितता र भ्रष्टाचारविरूद्ध ‘जेनजी’ ले आज मुलुकभर प्रारम्भ गरेको विरोध प्रदर्शन तथा आन्दोलनमा भएका अप्रिय घटनाबाट प्रदर्शनकारी घाइते भएका र सार्वभौम नागरिकको मृत्युसमेत हुन गएकातर्फ बारको ध्यानाकर्षण भएको छ”, उनले भने । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ