मङ्गलबार, २४ भदौ २०८२

गृहमन्त्री रमेश लेखकद्वारा राजीनामा


काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले  जानकारी दिए ।

सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि भएकाे प्रदर्शनका क्रममा प्रहरीले चलाएकाे गाेली लागेर  १९ जनाकाे मृत्यु भएकाे छ ।

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ