सोमबार, ३० भदौ २०८२

सुदन गुरुङकाे समुहद्वारा प्रस्तावित मन्त्रीका नाममा असन्तुष्टि जनाउदै प्रधानमन्त्रीको राजीनामा माग


काठमाडाैं । प्रस्तावित मन्त्रीका नाममा असन्तुष्टि जनाउदै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै युवाहरुले प्रदर्शन गरेका छन् । जेनजी आन्दाेलनका अगुवा  सुदन गुरुङको समूहले गएराति प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) अगाडि प्रदर्शन गरेको छ। 

मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरूले आइतबार मध्यराति बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्। 

प्रदर्शनकारी गुरुङले  फेरि आन्दोलन हुन सक्ने चेतावनी दिए। 

पदभार ग्रहण गरेकै दिन आइतबार प्रधानमन्त्री कार्कीले अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई तीनवटा मन्त्रालय- भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेकी हुन्। 

उनले यी नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिसकेकी छन्। उनीहरूको शपथ आज गराउने तयारी रहेको सोमबार हुने शीतल निवास स्रोतले जानकारी दिएको छ। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ