- असार ०७, २०८०
काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।
प्रधानमन्त्रीको सिफारिसमा उनलाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।
महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति रामचन्दै पौडेलले आजै स्वीकृत गरेका थिए ।
यो सँगै मुलुकले पहिलोपटक महिला महान्याधिवक्ता पाएको छ ।
प्रधानमन्त्री कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी थिइन् । उनी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् ।
टिप्पणीहरू: