सोमबार, १४ वैशाख २०८३

बुबाको हत्या अभियोगमा छोरा पक्राउ


लुम्बिनी । बुबाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
 
रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका–४ बेलडाँडा घर भएका २४ वर्षीय सुनिल थारूले यही वैशाख ११ गते बुबा ५८ वर्षीय जङ्गबहादुरलाई घाँटी अठ्याइ बेहोस पारी भागी फरार रहेका थिए ।

घाइते जङ्गबहादुरलाई कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारका लागि पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही घटनामा बुबाको हत्या अभियोगमा छोरा सुनिललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले जानकारी दिए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ