बुधबार, १८ कात्तिक २०८३

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते


कैलाली । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बझाङको केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार बुधबार बिहान करिब १० बजे भित्री सडक खण्डमा गुडिरहेको जिपको ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ