- असार ०६, २०८०
काठमाडाैं । मधेस प्रदेश सभा सदस्य कञ्चन बिच्छाकाे सांसद पदबाट हटेकाे छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी बिच्छालाई सो पार्टीको सिफारिसका आधारमा प्रदेश सभा सचिवालयले सांसद पदबाट हटाएको हो।
बिच्छालाई राप्रपाले ६ महिनाका लागि साधारण सदस्यबाट हटाई प्रदेश सभा सदस्यबाट समेत फिर्ता लिने निर्णय गरेको पत्र प्रदेश सभामा पठाएको थियो।
एमाले मधेस संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री भएकाे बेला मन्त्रीकाे सपथ खाएकी बिच्छालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिँदै अन्यथा कारबाही गर्ने चेतावनी दिएका थिए।
संघीय लोकतान्त्रिक समाजवादीकी विमला अन्सारी र एमालेका लखन दाससँगै बिनाविभागीय मन्त्रीको शपथ खाएकी बिच्छाले मन्त्री पदबाट राजीनामा दिनुपर्ने पार्टीकाे निर्देशन पनि मानेकी थिइनन् ।
टिप्पणीहरू: