- भदौ ११, २०८१
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
कीर्तिपुरस्थित मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ। छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अतिआवश्यक छ।
लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छन्। यदि यो खेल जनकपुरले जितेमा अङ्कतालिका रोमाञ्चक हुनेछ। जनकपुरको हालसम्म पाँच खेलबाट दुई अङ्क मात्रै छ। जितेको खण्डमा चार अङ्क हुनेछ।
त्यसपछि अन्तिम खेल बाँकी रहँदा सबै टोलीको प्रतिस्पर्धा बढ्नेछ। प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइरहेको छ।
काठमाडौँ गोर्खाज र विराटनगर किङ्ग्स प्लेअफमा सुरक्षित छन्। कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ। मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।
टिप्पणीहरू: