बुधबार, १८ कात्तिक २०८३

गृहमन्त्रीले लगाइिदए नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई फुली


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 

 गृहमन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई नियुक्ति पत्र हस्तान्तरण गरे । यसअघि गृहसचिवले प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिँदै आइएको थियो । 

आजैको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक केसीलाई प्रहरी महारनिरीक्षकमा पदोन्नति गरेको थियो । 

नवनियुक्त प्रहरी महानिरीक्षक केसीले कम्बोडियाबाट द्वन्द्व रुपान्तरण विषयमा विद्यावारिधि गरेका थिए । विसं २०३२ साउन २८ गते नुवाकोटमा जन्मिएका डा केसी २०५४ चैत २८ गते  प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ