बिहिबार, ०५ चैत २०८२

निर्वाचन सम्पन्न भएपछि कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की


काठमाडाैँ। प्रधानमन्त्री सुशीला कार्की निर्वाचन सम्पन्न भएपछि कर्णाली प्रदेशको भ्रमणमा पुगेकी छन्।

प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ज्ञापन गर्न कर्णाली प्रदेश पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

साे क्रममा प्रधानमन्त्री कार्की आज बिहान मुगु जिल्लाको रारा पुगेकी थिइन्। त्यहाँ उनले जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गरिन्।

त्यसपछि उनले जुम्लाको खलङ्गा पुगेर जिल्लास्तरीय सुरक्षा प्रमुखहरूसँग अन्तरक्रिया गरिन्। सो क्रममा उनले सीमित स्रोत–साधन र कठिन भूगोलका बाबजुद पनि प्रभावकारी समन्वय र प्रतिबद्धताका साथ निर्वाचन सम्पन्न गराएको भन्दै सुरक्षा निकाय र कर्मचारीहरूको प्रशंसा गरिन्।

उनले स्थानीय बासिन्दाहरूसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्दै निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन देखाइएको एकता, सद्भाव र सहकार्यप्रति विशेष धन्यवाद व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘देशले कठिन परिस्थितिमा पनि लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ, यसको श्रेय सम्पूर्ण नेपाली जनतालाई जान्छ।’

यसै क्रममा, प्रधानमन्त्री कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन पनि गरिन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ