मङ्गलबार, २४ चैत २०८२

प्रधानमन्त्री बालेन्द्रले बाेलाए मन्त्रिपरिषदकाे आकस्मिक वैठक


काठमाडाैं ।  प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। 

मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।

यही चैत १६ गते प्रधानमन्त्री नियुक्त भएका रास्वपाका वरिष्ठ नेतासमेत रहेका बालेनले सोही दिन मन्त्रिपरिषद्समेत गठन गरेका थिए। 

मन्त्रिपरिषद्को पहिलो बैठक सोही दिन बसेको थियो। पहिलो बैठकले शासकीय सुधारको सयबुँदे कार्यसूची पारित गरेको थियो। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ