- असार ०६, २०८०
काठमाडाैं । गृहमन्त्री सुदन गुरुङले अख्तियार दुरुपयाे अनुसन्धान आयाेग प्रमुख प्रेमकुमार राईलाई भेटेर ठूला भ्रष्टाचारकाे फाइल खाेल्न निर्देशन दिएपछि अख्तियार प्रमुख राई तनाबमा छन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेकाे राई माथी ओलीकाे निर्देशन अनुसार काम गरेकाे आराेप लाग्ने गरेकाे छ । राई आफै आयल निगम जग्गा घाेटाला प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्ति हुन् ।
गृहमन्त्रीकाे ताकेतापछि आयोगले भ्रष्टाचारीकाे सूचीमा ’मा रहेका केही पूर्व मन्त्रीहरू, प्रहरीका उच्च पदस्थ र उच्च प्रशासकहरू माथिको छानबिन प्रक्रियालाई अघि बढाएकाे छ ।
पूर्वमन्त्री, नेपाल प्रहरी र प्रशासनिक क्षेत्रका पूर्व र वर्तमान उच्च पदस्थ गरी ३० देखि ३५ जनाविरुद्ध विस्तृत अनुसन्धान अघि बढाएको अख्तियार स्राेतकाे भनाई छ ।
अख्तियार स्रोतका अनुसार विगतमा पटक पटक मन्त्री बन्दै भ्रष्टाचार गरेका केही पूर्व मन्त्रीहरूमाथिको अनुसन्धान अघि बढेको छ । स्रोतका अनुसार पूर्व मन्त्रीहरू दिपक खड्का, जीवनबहादुर शाही, रघुवीर महासेठ, शरदसिंह भण्डारीलगायत अनुसन्धान सुरु भएकाे छ । अख्तियारले निजामती क्षेत्रमा लामो समयसम्म आकर्षक निकायमा रहेर अकुत सम्पत्ति आर्जन गरेका सचिव, सहसचिवहरूमाथि समेत अनुसन्धान थालेको छ ।
टिप्पणीहरू: