शुक्रबार, ०६ चैत २०८२

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् ।

यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुनले २०३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवार जुद्धबहादुर बुढामगरले १९१ मत पाएका छन् ।

उनका सहकर्मी केपी शर्मा ओलीकाे पराजय निश्चित जस्तै छ भने अर्का शहकर्मी उपचारकाे क्रममा सिंगापुरमा छन् । पुराना नेताहरु मध्ये चुनाव जित्ने प्रचण्ड एक्लाे ब्यक्ति हुने सम्भावना छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ