आइतबार, १७ जेठ २०८३

बालेन्द्र शाहले ११ हजार ९४५ मत पाउदा ओलीलाई दुई हजार ६९२ मत


झापा । झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ११ हजार ९४५ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।

आज अपराह्न ५ः३० बजेसम्मको मतगणना अनुसार १८ हजार ९७ मतगणना सम्पन्न गर्दा उनले उक्त मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई हजार ६९२ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका समीर तामाङले एक हजार ४४७ मत, नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले ३५५, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ३३५ मत प्राप्त गर्नुभएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ