- असार ०६, २०८०
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वीकाे जमानत जफत भएको छ ।
कुल सदर मत ३६ हजार ४१३ खसेको थियो । जसमध्ये २४ हजार ५९२ मत ल्याएर श्रेष्ठ विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत ल्याए । जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।
तर सायमीले १० प्रतिशत मत समेत ल्याउन सकेनन् ।
टिप्पणीहरू: