आइतबार, २५ जेठ २०८२

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन नगर्ने


फाइल फाेटाे

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन नगर्ने भएका छन् ।

प्रधानमन्त्रीले आज संसद्‌मा गर्ने भनेको सम्बोधन स्थगित भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएकाे थियाे ।

तर सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ