आइतबार, ०९ कात्तिक २०८२

आज दुई जनाकाे मात्रै सपथ हुने, खगेन्द्रकाे नाम काटियाे


 काठमाडाैं । सुशीला कार्की नेतृत्वको सरकारकाे मन्त्रीकाे सूचीमा परेकाे मध्ये २ जनाको मात्रै शपथ हुने भएकाे छ । बिहान चार जनालाई मन्त्री बनाउनका लागि राष्ट्रपति कार्यालयमा सूची बुझाए पनि विवाद भएपछि दुई जनाकाे नाम स्थगित भएकाे हाे ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिने छन्।  

अरु दुई जनामा खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ थिए। 

सुनारको विषयमा प्रधानमन्त्री कार्कीले केहीबेरअघि केही मन्त्रीहरूसँग छलफल गरेकी थिइन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ