- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्ला प्रशासन कार्यालयले अनुमति नदिए पनि सडकमा उत्रन युवा संघलाई निर्देशन दिएका छन् । आइतबार काठमाडौंमा आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले अनाधिकृत व्यक्तिहरूले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको भन्दै मान्य नहुने बताए ।
“प्रतिनिधिसभा केही अनधिकृत व्यक्तिहरूले, सडकछापहरूले विघटन भनेर सिफारिस गर्ने र विघटन गर्ने अलोकतान्त्रिक क्रियाकलाप भएको छ,” ओलीले भने, “लोकतन्त्रको अपहरण भएको छ । संविधान खारेज भनिएको छैन तर मिचिएको छ ।”
उनले देश जलाउनेहरूले नै देश चलाउने तमासा गरेको आरोप लगाए । “यो साधारण परिस्थिति होइन । देश जलाउने पनि तिनै, चलाउने पनि तिनै तमासा भइरहेको छ । जलाउनेका पछाडि पनि यिनै देखिएका थिए । चलाउनेमा पनि कुर्सीमा विराजमान तिनै देखिएका छन् । जुन संविधानले मिल्दैन,” उनले भने ।
उनले प्रशासनसँग आन्दोलनको अनुमति माग्दा नदिए सडकमा उत्रिन निर्देशन दिए । “स्वीकृति दिनुहुन्न भने स्वीकृति चाहिँदैन सडकमा उत्रिनुस्,” ओलीले भने।
टिप्पणीहरू: