आइतबार, २३ कात्तिक २०८२

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार खरेल पक्राउ


 काठमाडाैं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा रौतहटका ४२ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेल छन्।

उनी शरणार्थी प्रकरणमा संलग्नहरूमध्ये कोर टिममै बसेर ठगी गर्ने व्यक्ति रहेकाे  सिआइबीका प्रमुख एआइजी मनोज केसीले जानकारी दिए। 

सुरूवाती अनुसन्धानमा निराजनको नाम खुलेको भएपनि उनी को हुन् भन्ने पत्ता लागेको थिएन।

शुक्रबार पक्राउ परेका उनीमाथि प्रहरीले ठगी, लिखत किर्ते, राज्यविरूद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

उनले भुटानी शरणार्थी भएर अमेरिका जान खोजेका पीडितहरूबाट संकलन भएको नगद तथा चेकमार्फत रकम जम्मा गर्थे। ती रकमलाई ओसारपसार गर्ने र नक्कली कागजात किर्ते समेत गरेको आरोप उनीमाथि छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ