मङ्गलबार, ११ कात्तिक २०८२

दल दर्ताका लागि नेत्रविक्रम चन्द विप्लव निर्वाचन आयाेगमा


काठमाडौं । दल दर्ताका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु आज निर्वाचन आयोग जाँने भएका छन् ।

उक्त पार्टीका नेताहरु सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका नेताहरु वकिलहरुसहित निर्वाचन आयोगको केन्द्रीय कार्यालय  जाने तयारीमा छन् ।

नेता बुढाले यही कात्तिक महिनाभित्रै दल दर्ता गर्ने जानकारी दिए र

निर्वाचन आयोगले आगामी फागुन २१ गते तय भएको निर्वाचनका लागि यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ