- असार ०६, २०८०
काठमाडाैं । सेयर बजार परिसूचक नेप्से आज बुधबार १.९४ अंकले घटेर २८३२.०६ बिन्दुमा ओर्लिएको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । आज दिनभर कुल २ करोड १६ लाख ५७ हजार ७ सय ६ कित्ता सेयर ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९ सय ५२ रुपैयाँमा कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ को घटेको छ ।
आज हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्टक्चर, शिवम् सिमेन्ट, नाग्दी ग्रुप, बलेफी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
आजको कारोबारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसैगरी थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
टिप्पणीहरू: