बिहिबार, २२ साउन २०८२

पूर्वराष्ट्रपति भण्डारीका विषयमा नकारात्मक टिप्पणी राेक्नुपर्ने एमालेकाे निष्कर्ष


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा भएका नकारात्मक टिका टिप्पणीलाई कडाईका साथ रोक्नुपर्ने पार्टी निष्कर्ष सुनाएका छन् ।

केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीले गरेकाे गौरवपूर्ण कामलाई उच्च सम्मान गरेको तथ्य राखेर महासचिव पोखरेलले नकारात्मक टिकाटिप्प्णीलाई रोक्नुपर्ने पार्टी निष्कर्कष सुनाएका हुन् ।

‘पूर्वराष्ट्रपति सम्माननीय बिद्यादेवी भण्डारीप्रति जुन प्रकारका नकारात्मक टिकाटिप्पणीहरु आइराखेका छन, त्यसलाई कडाइका साथ रोक्नुपर्छ । उहाँको सम्मान र गरिमामा आँच आउने कुनै पनि काम गर्नुहुन्न । यही कुरालाई ध्यानमा राखेर नै पार्टीले राजनीतिक निर्णय लिएको हो,’ महासचिव पोखरेलले भने।

एमालेले नेपालको संबिधानले परिकल्पना गरेको संबैधानिक राष्ट्रपति, राष्ट्रपतिका रुपमा निर्वाह गरेको अविभावकीय भूमिकाको रुपमा भण्डारी इतिहासमा सम्मान गर्ने नेतृत्वको रुपमा स्थापित भइसकेको पार्टीको ठहर रहेको जानकारी पनि दिए ।

महासचिव पोखरेलले एमाले केन्द्रीय सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैकठले राष्ट्रपति र पूर्वराष्ट्रपतिहरू सदैव सम्माननीय र आदरणीय रहनुपर्छ भन्ने ठहर गरेको भन्दै पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रको अभिभावकको रुपमा पदमा रहँदा गर्नुभएको काम अतुलनीय रहेको बताए।

‘राष्ट्रपतिका रुपमा उहाँ (बिद्या भण्डारी) ले जुन भूमिका निर्वाह गर्नुभयो, राष्ट्रियताको पक्षमा, स्वाभिमानको रक्षाका लागि र जनताको हितमा जे काम गर्नुभयो, ती कामहरु सदैव सम्मान गर्ने खालका छन । उहाँको त्यो भूमिका राष्ट्रले सदैव अपेक्षा गरेको छ । त्यसैअनुसार उहाँलाई पार्टीको सदस्यको रुपमा होइन, देशकै सदावहार अविभावकका रुपमा रहनुपर्छ भन्ने एमालेको निष्कर्ष पार्टी, देश र उहाँको हितमा छ । यो सच्चाइलाई सवैले आत्मसाथ गर्नुपर्छ,’ पार्टी केन्द्रीय कार्यालयमा प्रचार क्षेत्रमा खटिएका अगुवा नेताहरुलाई महासचिव पोखरेलले भने ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ