बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
शनिबार, २३ जेठ २०८३

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’


पाटन (ललितपुर) । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘ससदीय सचेतना कार्यक्रम’ आयोजना गरेको छ । आज पार्टी कार्यालय सानेपामा सुरु कार्यक्रममा सांसद्हरुलाई संसदीय अभ्यासलगायतका विषयमा अभिमुखीकरण दिइनेछ ।

 कार्यतालिका अनुसार पार्टी सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले प्रशिक्षण दिनुहुने तालिका रहेको मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

 प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । यस्तै राष्ट्रियसभामा कांग्रेसबाट नौ जना नवनिर्वाचित सांसदहरू छन् । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ