आइतबार, २२ कात्तिक २०८३

शोभितको फिल्म "हजुरबाले भनेथे" मा नीर शाह


काठमाडौँ । लक्ष्मी पूजाको अवसर पारेर फिल्म "हजुरबाले भनेथे" घोषणा गरिएको छ । नीर शाहको मुख्य भूमिका रहने फिल्म सुरेश न्यौपानेले निर्देशन गर्ने छन् । सान्भी इन्टर्टेन्मेन्टले निर्माण गर्न लागेको फिल्मका लागि शोभित बस्नेतले शाहलाई भेटेर मुख्य भूमिकाका लागि फाइनल गरेका हुन्  ।

ए टु जेड क्लीनिङ सप्लाएर्स सिड्नीको तर्फबाट कृष्ण थापा, बन्धु राज वाग्ले ,रोमिन पिया ,समीर शाहीको प्रस्तुति रहने फिल्मका निर्माता निरोज श्रेष्ठ हुन् । कार्यकारी निर्माता नवीन घायल रहने फिल्मको सह निर्माता हिमाल भण्डारी रहने छन् ।

जसमा नीर शाह हजुर बा बन्दै गर्दा नाति को बन्ने भन्ने टुङ्गो लागेको छैन । फिल्मका अन्य कलाकार र प्राविधिक टिमको जानकारी निर्माण टिमले चाडै ल्याउने बताएको छ । फिल्ममा दुई नायक र दुई नायिका रहने छन् ।

माघ महिनामा फ्लोरमा जाने फिल्मको छायांकन अस्ट्रेलियामा ६०% र जुम्लामा ४०% हुनेछ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ